१७ मंसिर २०७८, शुक्रबार
गृह कञ्चनपुरका अति विपन्न परिवारलाइ खाद्यान्न वितरण
कञ्चनपुरका अति विपन्न परिवारलाइ खाद्यान्न वितरण

कञ्चनपुर । सरकारले देशैभर गरेको लकडाउनका कारण दैनिक ज्यालादारी गर्ने कामदारहरु प्रभावित भइरहेका बेला कञ्चनपुुरका युवाहरुले गरीब तथा विपन्न परिवारलाई राहत वितरण गरेका छन् । जिल्लाको बेलौरी नगरपालिकाका दुुई सक्रिय संगठन बेलौरी काठमार्डौ समाज र बेलौरी युवा मञ्च जापानले नगरपालिका भित्रका ३, ४, ५ र ५ नं वडाका ५० विपन्न र अशक्त परिवारलाइ राहत वितरण गरेका हुन् ।

बेलौरी काठमार्डौ समाजका सन्देश भण्डारी र बेलौरी युवा मञ्च जापानका भगिरथ न्यौपानेको अगुवाइमा २० किलो चामल, १ किलो दाल, एक पोका नुन, आधा लिटर तेल र एक थान सबुन सहितको रसन हरेक हरेक घरधुुरीमा वितरण गरिएको हो । लकडाउनको कारण कोही पनि भोकै हुन नपरोस् भन्ने उद्धेश्यले गरिव तथा विपन्न मजदुरहरुका लागि दैनिक उपभोग्य सामग्री राहत स्वरुप वितरण गर्न बेलौरीका युवाहरु क्रियाशिल देखिएका छन् । उनीहरुले बेलौरीमा विभिन्न दाताहरुबाट राहत संकलन गरी वितरण गरेका हुन् ।


Facebook Comments

हरेक खबर खास खबर