१८ मंसिर २०७८, शनिबार
गृह कोरोना संक्रमित धनगढीका युवाका परिवारका ७ जनाको रिपोर्ट यस्तो
कोरोना संक्रमित धनगढीका युवाका परिवारका ७ जनाको रिपोर्ट यस्तो

कैलाली । धनगढीका कोरोना संक्रमित युवक र उनकी भाउजूबाहेक परिवारका अन्य सदस्यको कोरोना परीक्षणमा नेगेटिभ रिपोर्ट आएको छ । दुबईबाट ती युवक भारत हुँदै चैत ७ गते आएका युवकमा कोरोना संक्रमण पुष्टि भएपछि सः परिवारको नमूना संकलन गरि परिक्षण गरिएको थियो ।

उनकी भाउजूमा कोरोना पोजेटिभ देखिएको हो । तर, भाउजूबाहेक अन्यको स्वाब परीक्षणमा भने रिपोर्ट नेगेटिभ नै आएको छ । सेती प्रादेशिक अस्पतालका आकस्मिक विभाग प्रमुख तथा प्रवक्ता डाक्टर जगदीश जोशीका अनुसार ९ जनाको परीक्षण गर्दा ७ जनाको रिपोर्ट नेगेटिभ आएको हो । जोशीका अनुसार उनलाई अस्पताल र्पुयाउने मामाका छोरा र अन्य दुई जनाको भने स्वाब परीक्षणको रिपोर्ट पाउन बाँकी छ ।


Facebook Comments

हरेक खबर खास खबर