१८ मंसिर २०७८, शनिबार
गृह अमेरिकामा २ जना नेपालीको मृत्यु, कोरोना आशंका
अमेरिकामा २ जना नेपालीको मृत्यु, कोरोना आशंका

काठमाडौं । अमेरिकामा दुईजना नेपाली घरभित्रै मृत अवस्थामा भेटिएका छन् । मृत्यु कोरोना संक्रमणका कारण भएको आशंका गरिएको छ । मुस्ताङ घर भई न्यूयोर्कको क्वीन्समा बस्ने सोनाम लामा र ज्याक्सन हाइट बस्ने थोक्मे विष्ट रहेको नुप्रि एसोसिएसनका पूर्व अध्यक्ष मिङमार लामाले जानकारी दिए । केही दिनदेखि बिरामी रहेका करिब ४० वर्षीय सोनामको उनी बस्ने कोठाभित्रै मृत्यु भएको जानकारी दिइएको छ ।

लामो समयफोन सम्पर्क नभएपछि सोनाम बस्ने कोठामा पुगेर हेर्दा उनी मृत अवस्थामा थिए । उनको मृत्यु कोरोना संक्रमणका कारणले हुन सक्ने बताइएको छ। यद्यपी उनको पोष्टमार्टम रिर्पोट भने आएको छैन्। यसैगरी करिब १२ वर्षदेखि अमेरिकामा बस्दै आएका थोक्मे बिष्टको पनि उनी बस्ने अपार्टमेन्टमा नै मृत्यु भएको जनाइएको छ ।


Facebook Comments

हरेक खबर खास खबर