१७ मंसिर २०७८, शुक्रबार
गृह पोखरीमा डुबेर एक युवकको मृत्यु
पोखरीमा डुबेर एक युवकको मृत्यु

भक्तपुर । भक्तपुरको चाँगुनारायण नगरपालिका ८ सुडालस्थित बीएम इँटाभट्टाको पोखरीमा डुबेर एक युवकको मृत्यु भएको छ । इँटाभट्टामा इँट बनाउन चाहिने पानी जम्मा गर्न बनाइएको पोखरीमा पौडी खेल्ने क्रममा उदयपुरको गाइँघाट नपा ४ आमटार घर भई हाल सोही इँटाभट्टामा काम गर्ने ३० वर्षीय मुकेश राईको मृत्यु भएको हो । महानगरीय प्रहरी परिसर भक्तपुरका अनुसार पौडी खेल्न गएका राई पोखरीभित्रै वेपत्ता भएका थिए ।

प्रहरीले पौडी खेल्न हाम फालेका राईको लास पोखरीको हिलोमा डबिएको अवस्थामा फेला परेको परिसरले जनाएको छ । प्रहरीका अनुसार राईको मृत शरीर फेला परेपछि कानुनबमोजिमको घटनास्थल तथा शव जाँच प्रकृति मुचुल्कालगायत कार्य सकेर शव पोस्टमार्टमका लागि भक्तपुर अस्पताल पठाइएको थियो । घटनाबारे थप अनुसन्धान भइरहेको भक्तपुर प्रहरीले बताएको छ ।


Facebook Comments

हरेक खबर खास खबर