१८ मंसिर २०७८, शनिबार
गृह भ्रमपूर्ण समाचार लेखि विवादमा तानियो– डा. प्रकाश शरण महत
भ्रमपूर्ण समाचार लेखि विवादमा तानियो– डा. प्रकाश शरण महत

काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाश शरण महतले मध्यावधि निर्वाचनलाई जोडेर भ्रमपूर्ण समाचार प्रकाशित गरेको भन्दै आपत्ती जनाएका छन् । महतले आइबार विज्ञप्ती जारी गर्दै अन्तर्वार्ता दिने क्रममा आफुले बोलेका कुराको प्रसङ्गलाई तोडमोड गरेर मध्यावधि निर्वाचनको मागेको भन्दै समाचार आएको प्रति ध्यानाकर्षण भएको बताएका छन् ।

उनले अहिलेको अवस्थामा हाम्रो सम्पूर्ण माग देशलाई संक्रमणबाट पार लगाउन सरकार थप गम्भीर बनोस् भन्ने रहेको र चाँडोभन्दा चाँडो देश यो संक्रमणमुक्त होस् भन्ने ध्येय आफ्नो रहेको विज्ञप्तिमा उल्लेख गरेका छन् । उनले यस्ता अफवाहका पछाडि नलागी सत्य तथ्यका आधारमा मात्रै धारणा बनाइदिन अनुरोध समेत गरे । हालै एक टेलिभिजनमा दिएको अन्तरवार्तामा महतले मध्यावधि निर्वाचनको माग गरेको भन्दै आलोचना भइरहेको छ ।


Facebook Comments

हरेक खबर खास खबर