१७ मंसिर २०७८, शुक्रबार
गृह धादिङमा दादुराका कारण दुइ वालकको मृत्यु, चेपाङ बस्तीका १५० जना बिरामी
धादिङमा दादुराका कारण दुइ वालकको मृत्यु, चेपाङ बस्तीका १५० जना बिरामी

धादिङ । धादिङको चेपाङ बस्तीमा बिगत डेढ महिनादेखि फैलिएको दादुरा–रुबेलाबाट दुई बालकको मृत्यु भएको छ । एक सय ५० भन्दा बढी बिरामी परेका छन् । मृत्यु हुनेमा जिल्लाको बेनीघाट रोराङ गाउँपालिका–६ कि २९ महिने बालिका अनिसा चेपाङ र वडा–४ कि आठ महिने शिशु सुशान्त चेपाङ रहेको गाउँपालिकाका स्वास्थ्य प्रमुख शंकरबाबु दुवाडी जानकारि दिएका छन् । अनिसाको चैत १७ र सुशान्तको चैत ११ मा मृत्यु भएको हो ।

उनका अनुसार वुमराङलगायत चार वटा वडामा दादुरा–रुबेला फैलिएको छ । गाउँपालिकाको वडा–६ स्थित तार्केटार, वुङ्गपुङ्ग, भुमेडाँडा, वुमराङ्ग, सोलडाँडा, रोतेस, रुदिङ्ग, जरुङ्गमा धेरैजना बिरामी देखिएका छन् । गत फागुन ६ मा पहिलोपटक चरौदीस्थित आधारभूत स्वास्थ्य केन्द्रमा चार बालकलाई उपचारका लागि ल्याइएपछि दादुरा फैलिएको पत्ता लागेको हो ।


चेपाङ बस्तीहरुमा दादुरा फैलिएको थाहा पाए लगत्तै फागुन ७ मा गाउँपालिकाबाट स्वास्थ्यकर्मीको टोली रोतेस, सोलडाँडालगायतका स्थान पुगेको थियो । ४५ जना दादुरापीडित पत्ता लगाएर ७ जनाको रक्त परीक्षणसमेत गरिएको थियो । तीमध्ये गम्भीर अवस्थाका दुई बालकलाई थप उपचारका लागि राजधानीस्थित कान्ति बाल अस्पताल पठाइएको थियो ।

Facebook Comments

हरेक खबर खास खबर