१७ मंसिर २०७८, शुक्रबार
गृह भिटामिन ‘ए’ कार्यक्रम अनिश्चितकालका लागि स्थगित
भिटामिन ‘ए’ कार्यक्रम अनिश्चितकालका लागि स्थगित

काठमाडौं । ‘राष्ट्रिय भिटामिन ए’ कार्यक्रम अनिश्चितकालसम्मका लागि स्थगित भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज एक विज्ञप्ति जारी गरि आउँदो वैशाख ६ र ७ गतेका लागि तय गरिएको कार्यक्रम विश्वव्यापी रूप लिइरहेको कोरोनाप्रति सतर्कता अपनाउँदै स्थगित गरिएकोे जनाएको छ । स्वास्थ्य मन्त्रालयले स्थगित कार्यक्रमबारे संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, मुख्यमन्त्री कार्यालयलगायतलाई पत्राचार गर्दै परिस्थितिमा सुधार आएपछि कार्यक्रम सञ्चालन हुने जनाएको छ ।

Facebook Comments

हरेक खबर खास खबर