२२ मंसिर २०७८, बुधबार
गृह मुख्यमन्त्री भट्टले प्रदेशवासीका नाममा सम्बोधन गर्दै
मुख्यमन्त्री भट्टले प्रदेशवासीका नाममा सम्बोधन गर्दै

धनगढी । सुदुरपश्चिम प्रदेशका मुख्यमन्त्रि त्रिलोचन भट्टले आज प्रदेशवासीका नाममा सम्बोधन गर्ने भएका छन् । विश्वब्यापी महामारीका रुपमा फैलिरहेकोे कोरोना भाइरस कोभीड–१९ का कारण सुदुरपश्चिम प्रदेशमा यसको संक्रमण ब्यापक फैलिन थालेपनि उनले प्रदेशवासीका नाममा सम्बोधन गर्ने भएका हुन् ।

नेपाल टेलिभिजन, रेडियो नेपाल र फेसबुक पेज मार्फत अहिले दिउँसो ३:३० वजे प्रत्यक्ष विशेष सम्बोधन हुने उनको स्वकीय सचिवालयले जनाएको छ । मुख्यमन्त्री भट्टका स्वकीय सचिव शिव सिं ओलीले प्रदेशवासीका नाममा हुने उक्त विशेष सम्बोधनलाई हेर्न र सुन्न सम्पूर्ण जनसमुदायमा सामाजिक सञ्जालमार्फत आग्रहसमेत गरेका छन् ।


Facebook Comments

हरेक खबर खास खबर