१७ मंसिर २०७८, शुक्रबार
गृह काेराेना त्रासः सुदुरपश्चिम र कर्णाली जोड्ने नाका बन्द
काेराेना त्रासः सुदुरपश्चिम र कर्णाली जोड्ने नाका बन्द

सुर्खेत । सुदुरपश्चिमसंग जोडिएक कर्णालीका सिमानाका बन्द गरिएका छन् । कैलालीका कोरोना भाइरस संक्रमित फेला परेपछि कर्णालीमा समेत त्यसको त्रास बढेको छ ।  सुदूरपश्चिममा संक्रमण देखिएको र कर्णालीमा पनि भित्रिने सम्भावना बढेको भन्दै नाका नै बन्द गरिएको स्थानीय तहले जनाएका छन् ।

त्रासकै कारण सुदूरपश्चिमसँग जोडिएका कर्णालीका नाका आइतबारबाट बन्द गरिएका हुन् । छिमेकी प्रदेशसँग नाका जोडिएका स्थानीय तहले सुदूरपश्चिम आवतजावतमा रोक लगाएका छन् । सुदूरपश्चिमसँग जोडिएका कर्णालीका सुर्खेत, दैलेख र कालिकोटका सिमा नाका बन्द भएका छन् ।


सुदूरपश्चिम र कर्णाली प्रदेशलाई जोड्ने कर्णाली नदीमा रहेका पक्की पुल, झोलुङ्गे पुल र तुइन बन्द गरिएका छन् । यस्तै नदीमा डुंगा संचालनमा पनि प्रतिबन्ध लगाइएको छ भने मानिसको आवतजावत रोक्न नाकामा सुरक्षाकर्मी पनि खटाइएको छ।

सुदूरपश्चिमका कैलाली र अछामसँग सिमाना जोडिएका सुर्खेतका स्थानीय तहले नाका बन्द गरेका छन् । कैलालीसँग जोडिएको सुर्खेतको चौकुने गाउँपालिकाले सबै नाका बन्द गरेको छ । यस्तै सुदूरपश्चिमसँगै जोडिएका दैलेखका पक्की पुल र झोलुङ्गे पुल पनि बन्द गरिएका छन् । जिल्लाका दुल्लु, चामुण्डाविन्द्रासैनी र आठबीस नगरपालिका तथा ठाँठीकाँध गाउँपालिकाका सिमाना अछामसँग जोडिएका छन् । अछामसँग जोडिएका जिल्लाका १० वटै नाका बन्द गरिएका हुन् ।

Facebook Comments

हरेक खबर खास खबर