१७ मंसिर २०७८, शुक्रबार
गृह डडेल्धुराको परशुराममा एक घरबाट अर्काे घरमा जान रोक
डडेल्धुराको परशुराममा एक घरबाट अर्काे घरमा जान रोक

डडेल्धुरा । विश्वभर फेलिरहेको कोरोना भाइरस कोभीड –१९ को संक्रमण नेपालमा पनि फैलिन थालेसंगै सुरक्षा सतर्कता अपनाइएको छ । सुदुरपश्चिममा नेपालकै सबैभन्दा बढी कोरोना सक्रमित फेला परेपछि सुदुरपश्चिममा थप त्रास सृजना हुनुका साथै सुरक्षा सतर्कता अमेल अपनाउन थालिएको छ ।

यसैबीच डडेल्धुराको परशुराम नगरपालिकाले पनि एक गाउँबाट अर्को गाउामा जान पूर्ण रुपमा प्रतिबन्ध लगाएको छ ।
आइतबार एक अपील जारी गर्दै परशुराम नगरपालिकाका नगर प्रमुख भीम बहादुर साउँदले एक गाउँबाट अर्को गाउँमा जान रोक लगाइएको बताएका छन् ।  बिभिन्न अबैध नाकाहरुबाट पनि गाउँ छिर्ने क्रम नरोकिएको बताउँदै उहँँले यसरी आउनेसम्पूर्ण नागरिकहरुलाइ यथासिघ्र क्वारेन्टाइनमा बस्न समेत मेयर साउँदले आग्रह गरे ।


‘नेपाल सरकारले देशभर लकडाउन गरेको समयमा यस परशुराम नगरपालिका र वडा कार्यालयहरूबाट थप बनाउन लकडाउनको अवधिमा एक वडाबाट अर्को वडा, एक वस्तीबाट अर्को वस्ती र एक घरबाट अर्को घरमा समेत आवतजावत गर्न पूर्ण निषेध गरिएको र कँही कतै नियमको उल्लघंन गरेको पाइएको कडाभन्दा कडा कारबाही गरिनेछ।’ जारी अपीलमा भनिएको छ ।
Facebook Comments

हरेक खबर खास खबर