१७ मंसिर २०७८, शुक्रबार
गृह कोरोना भाइरसका कारण एकैदिन ४ हजार बढिको मृत्यु
कोरोना भाइरसका कारण एकैदिन ४ हजार बढिको मृत्यु

काठमाडौं । विश्वभर महामारीका रुपमा फैलिरहेको कोरोना भाइरस कोभीड–१९ का कारण विश्वभर एकैदिन ४ हजार ७ सय ३४ जनाको मृत्यु भएको छ । अमेरिकामा मात्रै पछिल्लो २४ घण्टामा १ हजार १ सय ६५ जनाको मृत्यु भएको छ । यो संगै अमेरिकामा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या ९ हजार ६ सय १६ पुगेको छ भने संक्रमितको संख्या ३ लाख ३६ हजार नाघेको छ ।

यता स्पेनमा १२ हजार ६ सय ४१ जनाको मृत्यु भएको छ । यस्तै इटालीमा १५ हजार ८ सय ८७, जर्मनीमा १ हजार ५ सय ८४, प्रान्समा ८ हजार ७८ जनाको मृत्यु भएको छ । छिमेकी मुहुक भारतमा मात्रै कोरोना संक्रमणका कारण १ सय १७ जनाले ज्यान गुमाएका छन् । संक्रमितको संख्या समेत २ हजार नाँघेको छ ।
यो संगै विश्वभर कोरोना संक्रमितको संख्या १२ लाख ७२ हजार ८ सय ८० रहेकोमा २ लाख ६२ हजार २ सय १७ जना उपचारपछि नीको भएर घर फर्किसकेका छन् ।


Facebook Comments

हरेक खबर खास खबर