१८ मंसिर २०७८, शनिबार
गृह वन सुरक्षाटोली र तस्करबीच दोहोरो गोली हानाहान
वन सुरक्षाटोली र तस्करबीच दोहोरो गोली हानाहान

रौतहट । रौतहटमा वन सुरक्षाटोली र तस्कर समूहबीच दोहरो गोली हानाहान भएको छ । जिल्लाको गुजरा नगरपालिका–२ स्थित अन्जुमन सामुदाईक वनक्षेत्र भित्र सुरक्षाटोली र तस्कर समुहबिच हिजो साँझ दोहरो गोली हानाहान भएको हो । गोली हानाहानमा सुरक्षाटोली तर्फ कुनै क्षति भएको छैन भने तस्कर समूह फरार भएका छन् । भीडन्तको क्रममा सुरक्षाटोलीले ३ राउण्ड र तस्करले २ राउण्ड गोली प्रहार गरेको सेक्टर वन कार्यालय चोँचाका अधिकृत राजेश कुमार साहले बताएका छन् ।

तस्करले छोडेर भागेको एकथना भरुवा वन्दुक गस्तीटोलीले बरामद गरेको अधिकृत साहले जानकारी दिए । अन्जुमन सामुदाईक वनक्षेत्र भित्र तस्कर समुहले आइतवार अपरान्ह एकराउण्ड गोली प्रहार गरेका थिए । गोलीको आवाज सुनेर अबैध चोरी सिकारी एको आशंकामा चोँचा सेक्टर वन कार्यालयबाट खोज तलासमा गएको गस्तीटोलीसंग जम्काभेट भएको जिल्ला वन कार्यालय रौतहटका प्रमुख बिनोद कुमार सिंहले बताएका छन् ।


Facebook Comments

हरेक खबर खास खबर