१७ मंसिर २०७८, शुक्रबार
गृह कश्मीरमा भिडन्त, १० जनाको मृत्यु
कश्मीरमा भिडन्त, १० जनाको मृत्यु

कश्मिर । उत्तर कश्मीरको केरन क्षेत्रस्थित नियन्त्रण रेखा (एलओसी) मा भारतीय सैनिक र चरमपन्थीको एक समूहबीच भएको भिडन्तमा परि १० जना मारिएका छन् । मारिनेहरुमा ५ जना भारतीय सैनिक र ५ जना चरमपन्थी समूहका सदस्य रहेको बताइएको छ । श्रीनगरमा भारतीय सेनाका अधिकारीहरुले बताए अनुसार कुपवाडा जिल्लामा पर्ने यस इलाकामा सेनाले ३ र ४ अप्रिलको मध्यराति घुसपैठ रोक्न अपरेशन सुरु गरेको अन्तराष्ट्रिय सञ्चार माध्ययमहरुले जनाएका छन् । पाकिस्तानबाट छिरेका चरमपन्थीहरु कुपवाडाको शमसबरीबाट भारतीय क्षेत्रमा प्रवेश गरेका थिए ।

उनीहरु पोसवालको गुर्जर ढोक इलाकामा लुकेका बताइएको छ । चरमपन्थीहरुले सेनालाई छल्दै अघि बढ्न खोजेपनि खराब मौसम र उच्च पहाडी क्षेत्रका बावजुद भारतीय सेनाले उनीहरुलाई रोकेको त्यहाँस्थित सञ्चारमाध्यमले दावी गरेका छन् । त्यसपछि दुवै पक्षबीच गोलाबारी भएको थियो । जसमा सेनाका जवानसहित १० जना घटनास्थलै मारिएका थिए ।


Facebook Comments

हरेक खबर खास खबर