१७ मंसिर २०७८, शुक्रबार
गृह डोटीमा गोली हानी श्रीमतीको हत्या
डोटीमा गोली हानी श्रीमतीको हत्या

डोटी । डोटीमा गोली हानि एक युवतीको हत्या गरिएको छ । जिल्लाको जोरायल गाउँपालिका–४ देउथलामा गोली प्रहार गरी २० वर्षीया अनिता वनको हत्या भएको हो । अनिताकै श्रीमानले उनीमाथि गोली प्रहार गरेको बुझिएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।

युवतीका श्रीमान २२ वर्षीय खडक वनलाई पक्राउ गरिएको प्रमुख प्रहरी उपरीक्षक दिलिपसिंह देउवाले बताए । उनीहरुले केही समय अगाडि मात्रै प्रेम विवाह गरेका बुझिएको छ । खडकले भरुवा बन्दुकबाट गोली प्रहार गरी आफ्नी श्रीमतीको हत्या गरेको प्रहरीको भनाइ छ । यद्यपि घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक देउवाले जानकारी दिए ।


Facebook Comments

हरेक खबर खास खबर