१७ मंसिर २०७८, शुक्रबार
गृह आफूखुसी मुल्य बृद्धि गर्छन् खुद्रा तरकारी पसले
आफूखुसी मुल्य बृद्धि गर्छन् खुद्रा तरकारी पसले

काठमान्डौँ । लक डाउनका समयमा तरकारीका खुद्रा व्यापारीले आफूखुसी मूल्यमा बिद्धि गर्ने गरेका छन्। । अनुगमन नहुने भएपछि उनीहरूले चार सय प्रतिशतसम्म नाफा राखेर तरकारी बेचिरहेका छन्। ।कालिमाटी फलफूल तथा तरकारी बजारको मूल्य हर्ने हो भने दिन प्रतिदिन तरकारीको मूल्य घटेको छ ।

तर उपभोक्ताले भने तरकारीको मूल्य दिनदिनै बढी तिर्नु परेको छ ।सोमबार कालिमाटी बजारमा सेतो मुलाको थोक मूल्य औसत १२ रूपैयाँ किलो छ तर उपभोक्ताका लागि भने चाबहिलको तरकारी बजारमा ४० देखि ५० रूपैयाँ तोकिएको छ ।


चाबहिलको तरकारी बजार यो क्षेत्रको ठूलो तरकारी बजार हो । लक डाउनले गर्दा बजारलाई व्यवस्थित पारिएको छ ।भीड नहोस भनेर भुइँमा कोठैकोठा बनाइएको छ । बजार समितिले साँझमा अनावश्यक मानिसको बजारमा भीड लाग्यो भनेर आजबाट बिहान ५ देखि ७ बजेसम्म पसल सञ्चालन गर्न दिइएको छ । त्यहाँका अधिकांश व्यापारीले कालामाटीबाटै तरकारील ल्याउने गर्छन्। ।

तर उपभोक्ताले तिर्नुपरेको महंगो शुल्क बारे भने व्यवस्थापन समितिले चासो देखाएको छैन । कालिमाटीमा तराई गाजर, डल्लो फर्सी, लाम्चो भन्टा, बन्दा, काउली, सीमी प्रतिकेजी २० रूपैयाँ छ तर उपभोक्ताका लागि भने ४० देखि ५० रूपैयाँ तोकिएको छ । यसै गरि हरेक किसीमका तरकारि हरुको कालिमाटिको मुल्य भन्दा आफु खुसिले खुद्रा ब्यपारीले मुल्य बढाई बिक्रि गरिरहेका छन ।

Facebook Comments

टक बहादुर खाती खासखबर मा कार्यरत छन् । उनी समसामयिक बिषयमा कलम चलाउछन् ।