१७ मंसिर २०७८, शुक्रबार
गृह कोरोना संक्रमणले अफ्रिकी देश लिबियाका पूर्व प्रधानमन्त्रीको मृत्यु
कोरोना संक्रमणले अफ्रिकी देश लिबियाका पूर्व प्रधानमन्त्रीको मृत्यु

लिबिया । कोरोना भाइरस (कोभिड—१९) बाट उत्तर अफ्रिकी देश लिबियाका पूर्व प्रधानमन्त्री महोम्मद जिब्रिलको मृत्यु भएको छ । दुई हप्ता अगगाडि कायरो (इजिप्ट) स्थित अस्पताल भर्ना भएका ६८ वर्र्षीय उनको आइतबार मृत्यु भएको हो ।
सुरुमा ‘हर्ट अट्याक’ भएपछि मार्च २१ मा उनलाई कायरोस्थित गानजुरी विशेष अस्पताल भर्ना गरिएको थियो । अस्पताल निर्देशकका अनुसार स्वास्थ्य परीक्षण गर्दा कोरोना संक्रमण देखिएपछि उनको त्यहीँ उपचार भइरहेको थियो ।

‘सुरूमा उनको स्वास्थ्यमा सुधारात्मक पुर्ण संकेतहरु देखिएका थिए तर आइतबार बिहानैदेखि फेरि स्वास्थ्यको अवस्था नाजुक हुदै गयो’, अस्पतालका निर्देशक हिसाम ह्वाग्डील का अनुसार, ‘यो आधिकारिक हो स्थानीय समयअनुसार आइतबार २ बजे दिउँसो उनको मृत्यु भएको थियो ।


Facebook Comments

टक बहादुर खाती खासखबर मा कार्यरत छन् । उनी समसामयिक बिषयमा कलम चलाउछन् ।