१७ मंसिर २०७८, शुक्रबार
गृह स्वास्थ्यमन्त्रि ढकाल यस्तो भन्छन्
स्वास्थ्यमन्त्रि ढकाल यस्तो भन्छन्

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले कोरोना भाइरस विरुद्धको अभियानको दायरा फराकिलो पारिएको दाबी गर्नुभएको छ । आज वसन्त चौधरी फाउन्डेसनले हस्तान्तरण गरेको स्वास्थ्य सामग्री बुझ्दै मन्त्री ढकालले सरकारको अभियानमा निजी क्षेत्रको सहयोग आवश्यक भएको बताए ।

विदेशमा नगएका व्यक्तिसमेत कैलालीमा संक्रमित बनेकाले कोरोनाको संक्रमण दोस्रो चरणमा प्रवेश गरेको उनको भनाई थियो । सरकारले कोरोना भाइरसविरुद्ध लड्न कोरोना कोष स्थापना गरेको छ । विभिन्न व्यक्ति तथा संस्थाले कोषमा योगदान गरिरहेका छन् । सरकारले कोष स्थापना गरेलगत्तै १ करोड सहयोग गर्ने वचन दिएको वसन्त चौधरी फाउन्डेसनले ५० लाख नगद र बाँकी स्वास्थ्य सामग्री आज सरकारले उपलब्ध गराएको हो ।


Facebook Comments

हरेक खबर खास खबर