१७ मंसिर २०७८, शुक्रबार
गृह कोरोनाबाट बच्न स्वास्थ्यकर्मीहरुलाइ गाउँ प्रवेशमा रोक
कोरोनाबाट बच्न स्वास्थ्यकर्मीहरुलाइ गाउँ प्रवेशमा रोक

हुम्ला । हुम्लाको एक गाउामा स्वास्थ्यकर्मीलाई समेत गाउँ प्रवेशमा रोक लगाइएको छ । स्थानीयहरुले कोरोना भाइरसबाट जोगिन पालिकामा रहेका स्वास्थ्यकर्मीहरुलाई गाउँ प्रवेशमा रोक लगाएका हुन् । जिल्लाको खार्पुनाथ गाउँपालिका–५ का गाउँबासीले पालिकाको स्वास्थ्य शाखामा काम गर्ने स्वास्थ्यकर्मीहरुलाई गाउँमा आउन प्रवेश निषेध गरेको गाउँपालिका अध्यक्ष कर्ण बहादुर रावलले बताए ।

यो जनताका अहिलको बाध्यता भएको बताउँदै उनले जे गरे कोरोराबिरुद्ध गरे राम्रै हुन्छ। गाउँपालिकाको स्वास्थ्य शाखाका काम गर्ने स्वास्थ्यकर्मीहरुलाई गाउँमा प्रवेश नगर्न भनेपछि पालिकामै बस्ने व्यवस्था गरिएको स्वास्थ्य शाखाका संयोजक बलीराज शाहीले बताए । यसरी पालिकामा काम गरेर घर जाने तीन जना स्वास्थ्यकर्मीहरु भएको अब तीन जना पालिकामै बस्ने उनले बताए । वडामा रहेका स्वास्थ्यकर्मीहरु भने गाउँमा बसेका छन् । उक्त पालिकाका पाँच वटै वडाहरुले गाउँ प्रवेशमा निक्कै कडिकडाउ गरेका हुन् ।


Facebook Comments

हरेक खबर खास खबर