२२ मंसिर २०७८, बुधबार
गृह राष्ट्र बैंकको गर्भनरमा महाप्रशाद अधिकारी नियुक्त
राष्ट्र बैंकको गर्भनरमा महाप्रशाद अधिकारी नियुक्त

काठमाडौं । सरकारले नेपाल राष्ट्र बैंकको गभर्नरमा महाप्रसाद अधिकारीलाई नियुक्त गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत अधिकारीलाई गभर्नर नियुक्त गर्ने निर्णय गरेको हो । अधिकारीले राष्ट्र बैंकको कार्यभार आगामी ५ बर्षसम्म सम्हाने जिम्मेवारी पाएका हुन् ।

आफ्नो ५ वर्षे कार्यकाल पूरा गरी डा. चिरञ्जीवी नेपालले चैत ४ गते राष्ट्र बैंकबाट बिदा लिएपछि उक्त पद खाली भएको थियो । नयाँ गभर्नर चयन गर्न मन्त्रिपरिषद्ले गत चैत ९ गते अर्थमन्त्री डा. युवराज खतिवडाको संयोजकत्वमा सिफारिस समिति गठन गरेको थियो । समितिले बरिष्ठ डेपुटी गभर्नर चिन्तामणि शिवाकोटी, पूर्वडेपुटी गभर्नर एवं लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारी र पूर्वसचिव राजन खनाललाई सिफारिस गरेको थियो ।


Facebook Comments

हरेक खबर खास खबर