२६ बैशाख २०७८, आईतवार
गृह लकडाउन उल्लंघन गर्दै बझाङमा भब्य मेला
लकडाउन उल्लंघन गर्दै बझाङमा भब्य मेला

यसविषयमा गाउँपालिका उपाध्यक्ष राधिका रताला जोशीले गाउँपालिकाले यसपालिको चैतली मेलामा भिडभाडगरि मनाउन रोक लगाएको भएपनि स्थानीयले अटेरी गरेको बताइन । आफूुहरुले गाउँपालिकाका विभिन्न नाकाहरुमा प्रहरी परिचालन गरेको तर स्थानीय चोरबाटो प्रयोग गरेर मेलामा उपस्थित भएको उनले बताइन । नेपालमा हालसम्म ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ जसमा ४ जना सुदुरपश्चिमका रहेका छन् ।

 

बझाङ । विश्व नै कोरोना भाइरसबाट आक्रान्त बनिरहेका बेला नेपाल सरकारले पनि लकडाउनमा थप कडाइ गरेको छ ।
सरकारले नेपालमा पनि कोरोना संक्रमित फेला पर्न थालेपछि लक डाउन बैसाख ३ गतेसम्म लम्ब्यानउने निर्णय समेत गरिसकेको छ तर बझाङमा भने ठुलो भीडभाडकाबीच ठुलो मेला लागेको छ । बझाङमा मनाइने ऐतिहासिक तथा धार्मीक मेलामा स्थानीयको भिड लागेको छ।

सरकारले लकडाउन घोषणा गरेर देशभर कुनैपनि कार्यक्रम, सभासम्मेलन तथा अनावश्यक भिडभाड गर्न यसअघि नै रोक लगाइसकेको छ । तर जिल्लाको छविसपाथिभेरा गाउँपालिका– ३ मा मनाइने बान्नीकी चैतलीमा भने स्थानयीको खचाखच घुइँचो लागेको थियो । छविसपाथिभेरा गाउँपालिकाका स्थानीयले भने लकडाउनको उल्लंघनगरि सयौंको भिडभाड गरेर सोमबार बान्नीकी चैतली मेला मनाएका हुन् ।

यसविषयमा गाउँपालिका उपाध्यक्ष राधिका रताला जोशीले गाउँपालिकाले यसपालिको चैतली मेलामा भिडभाडगरि मनाउन रोक लगाएको भएपनि स्थानीयले अटेरी गरेको बताइन । आफूुहरुले गाउँपालिकाका विभिन्न नाकाहरुमा प्रहरी परिचालन गरेको तर स्थानीय चोरबाटो प्रयोग गरेर मेलामा उपस्थित भएको उनले बताइन । नेपालमा हालसम्म ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ जसमा ४ जना सुदुरपश्चिमका रहेका छन् ।

Facebook Comments
+ posts

हरेक खबर खास खबर