१७ मंसिर २०७८, शुक्रबार
गृह डाक्डरले बिरामी हेर्न नमानेपछि एम्बुलेन्समै ज्यान गयो
डाक्डरले बिरामी हेर्न नमानेपछि एम्बुलेन्समै ज्यान गयो

वुटवल । कपिलबस्तुमा एक जनाको उपचार नपाएर्रै मृत्ययु भएको छ । यशोधारा गाउँपालिका६ रंगपुरकी कुलमान नीशालाइ ज्वरो आएपछि आइतबार कपिलबस्तु जिल्ला अस्पताल तौलिहवा लगिएको थियो । त्यहाँका स्वास्थ्यकर्मीले इमर्जेन्सीमा राखेर जाँच्नु त कहाँ हो कहाँ, भौरहवाको मेडिकल कलेज पठाइदिए । उनका ससुरा सरिफ मुसलवानले एम्बुलेन्समा राखेर बुहारीलाई मेडिकल कलेज र्पुयाए । तर, त्यहाँको प्रशासनले त ज्वरोका बिरामीको उपचार नगर्ने भन्दै गेटभित्र प्रवेशसमेत दिएन । त्यसपछि उनीहरू जिल्ला अस्पतालमै फर्किए ।

प्रमुख जिल्ला अधिकारी समक्ष गुनासो गरे। सीडीओले फोन गरी उपचार गर्न निर्देशन दिएपछि डाक्टरहरू अस्पतालबाहिरैै चेकजाँच गर्न तयार भए। तर, उनीहरू बिरामी भएको एम्बुलेन्ससम्म पुग्दा–नपुग्दै ३६ वर्षीया कलामुन निशाले ज्यान गुमाएकी थिइन् । आइतबार राति उनलाई निजी सवारी साधनमा राखेर अस्पताल र्पुयाइएको थियो। अस्पतालले भर्ना नलिँदा बुहारीको मृत्यु भएको गुनासो मुसलवानले गरे। निशाका दुई छोरा र दुई छोरी छन्।


वडाध्यक्ष श्यामनारायण उपाध्यायले अस्पतालले भर्ना नलिँदा बिरामीले उपचार नपाएको बताए। निशालाई एक साताअघि पनि ज्वरो आएको थियो। तौलिहवाकै मेडिकलबाट औषधि लगेर उनले सेवन गरेकी थिइन्। मेडिकल सञ्चालकले सामान्य टाइफाइड भन्दै औषधि दिएका थिए। मुसलवानका अनुसार त्यही औषधिले ज्वरो ठीक भएको थियो। कपिलवस्तु अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. किशोर बञ्जाडेले एम्बुलेन्समै बिरामीको ज्यान गएको स्वीकार गरे ।

प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले कपिलवस्तु अस्पताल आएर भैरहवा गएको विषयमा आफूले जानकारी नपाएको बताए । भैरहवाको युनिभर्सल मेडिकल कलेजले केही दिनअघि मात्रै बुटवलका एक बिरामीलाई उपचार नगरी फर्काएको थियो । खुट्टा भाँच्चिएर अस्पताल पुगेका उनलाई ज्वरो आएको भन्दै फिर्ता गरिएको थियो ।

यो खबर अन्नपूर्णका लागि बुटवल बाट लक्ष्मण पोखरेलले लेखेका छन् ।

Facebook Comments

हरेक खबर खास खबर