१८ मंसिर २०७८, शनिबार
गृह मुलुकमा दुई महामारी : कोरना र क्रप्सन
मुलुकमा दुई महामारी : कोरना र क्रप्सन

काठमाडौं । सारा सैसार झन्डै २०६ भन्दा बढी मुलुक ले बर्तमान अवस्था मा नोवल कोरोना भाइरस (कोभिड –१९) को महामारी सङ्ग को युद्ध मा कसरी विजय हासिल गर्ने भन्ने मा प्रयासरत छ । मानव जीवन कै अस्तित्व जोगाउन मुस्किल परिरहेको बेला मा नेपाल् समेत यसबाट अछुतो नरहेको अवस्था छ । कोरोना को विश्व महामारी बाट मृत्यु हुनेको संख्या ३० औँ लाख पुगिरहदा एवं यस भाइरस को औषधि पत्ता नलाग्दा सम्म मानव जगत मा एक किसिमको त्रसीत वातावरण छ ।

विश्व स्वास्थ संगठन ले समेत यसलाई कोलाहल मच्चाउने विस्तारित स्वरुपको भाइरसको संज्ञा दिएको छ । नेपालमा भने यो भाइरस चिनको वुहानमा अध्यनरत विद्यार्थी नेपालमा फर्कै पछि जनवरि ९, २०२० मा देखिएको थियो । कोभिड –१९ को महामारिका कारण संसार नै घर भित्र बन्द छ । यसको असर फैलिन नपाओस र समयमै न्युनीकरण गर्न सकियोस भनेर अहिले हाम्रो मुलुक पनि लकडाउन को कडाइ भित्र छ । कोरोनाको  सन्त्रास र भयभित वातावरण का कारण , मानव जीवन का हरेक आयाम प्रभावित हुन पुगेका छन ।


यस्तो अवस्थामा सिङ्गो देशलाई बचाउन मुलुक भित्र अनेकौं प्रयासहरु जारि छन । तर कयौं अवस्थामा एकातिर भारत बाट मजदुरी गरेर फर्कैका नेपाली नागरिकहरु नेपाल् – भारत को सिमामा अलपत्र पर्नु ले सरकारी निकाय माथि दबाब बढ्दो छ । सिमा अलपत्र नेपाली नागरिक लाई चाडो भन्दा चाडो उद्दार को आवस्यकता रहेको छ । नत्र भोक भाकै कतिपय पैदल यात्रा बाट नाका सम्म पुग्ने र चिन्ताजनक अवस्था मा भेटिने एवम् कोरोनाको संक्रमण को उच्च जोखिममा रहने गरेका छन । यस्तो कठिन परिस्थितिमा मुलुकमा व्याप्त आर्थिक अनियमितता , कालो बजारि कमिसन खोरि , तस्करी , निर्दाेष नागरिक प्रहरी बाट निर्घात कुटपिट मा पर्ने , कानुन को उल्लंघन , चोरी , डकैति लगाएतका मानवता बिरोधी गतिविधि , लगायतका घृणित क्रियाकलापहरुबाट गुज्रिरहेको अर्थात नितिगत र कानुनी भ्रष्टाचार बाट नेपाली समाज ले कोरना भाइरस संगै अर्को महामारि भाग्नु परिरहेको छ । उच्चस्तरीय निकायबाटै मन्त्री , कर्मचारी , जनप्रतिनिधि लगायत यी क्रियाकलाप हरु हुने गरेका छन ।

चीन बाट ल्याइएको कोरोना बिरुद्ध को स्वास्थ सामग्री मा भ्रष्टाचार ले समाजिक संजालमा एवंम जनचासो को विषय बनेको छ । विभिन्न महामारि , प्राकृतिक महाविपत्ति मा उच्च स्तर वाट हुने आर्थिक अनियमितता र घोटाला प्रकरण जस्तो जघन्य अपराध का कारण बेला –बेला मा अन्तराष्ट्रि जगतमा नेपालको छवि समेत धुमलिने गरेको छ । यस्तो विषम परिस्थितिमा उच्चस्तरिय निकाय नै भ्रष्टाचार मा संगलन हुनु नेपाली जनताको जनमत र आशाभरोसा माथि खेलवाड गरिने कथित कार्य हो । नेपाली जनता माथी संकट को घडिमा गरिएका भ्रष्टाचार जन्य अपराध , कुनै पनि पार्टी र सरकारी निकाय को लागि कलान्तर मा गएर अक्षम्य हुने देखिन्छ ।

यस् महाविपत्ती को समयमा भ्रष्टाचार गर्ने जुनसुकै निकाय लाई सरकारले कडा भन्दा कडा कार्बाही को दायरा मा ल्यानु पर्छ । बर्तमान विश्व भरि महामारि को रुपमा फैलिरहेको संक्रमण महाविपत्ति को समयमा सरकार ले बोल्ड निर्णय लिनसक्नु पर्छ । सिमा मा अलपत्र नेपाली दाजुभाई को समय मै उद्दार गरि क्वारेन्टाइन मा बसाई , स्वास्थ्य परिक्षण लाई प्रभावकारी बनाउन सक्नुपर्छ । यो त्रासदीपुर्ण वातावरण लाई न्युनीकरण गर्न जनस्तरमा राजयका हरेक निकाय सुरक्षा , चिकित्सा जगत र जनस्वयम सेवक हरु परिचालन गर्नु पर्ने देखिन्छ । स्वास्थ्यकर्मि को उपयुक्त सल्लाह लिएर लकडाउन को पुर्ण पालना गरि कोरोना विरुद्ध मानव जाती को विजय हासिल गर्न सकिन्छ । आफु पनि बचौ र अरुलाई पनि बचाउ ।
लेखक दिपेन्द्र थलाल (सुनिल) अनेरास्ववियु डडेल्धुराका नेता हुन् ।

Facebook Comments

हरेक खबर खास खबर