१८ मंसिर २०७८, शनिबार
गृह नवनियुक्त गर्भनरले गरे पदभार ग्रहण
नवनियुक्त गर्भनरले गरे पदभार ग्रहण

काठमाडौं । नेपाल राष्ट्र बैंकको १७ औँ गभर्नरका रुपमा नियुक्त हुनुभएका महाप्रसाद अधिकारीले आज पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् । सर्वोच्च अदालतका प्रधानन्यायाधिश चोलेन्द्र शम्सेर राणाबाट पद तथा गोपनियताको सपथ गरे लगत्तै राष्ट्र बैंक पुगेर अधिकारीले पदभार ग्रहण गरेका हुन् ।

पदभार ग्रहण गर्दै नवनियुक्त अधिकारीले कोरोना भाइरसको असर अध्ययन गर्न एउटा समिति बनाउने पहिलो निर्णय गरेका छन् । उक्त समितिले नीतिगत व्यवस्था गर्न सुझाव समेत दिन सक्ने राष्ट्र बैंकका प्रवक्ता गुणाकर भट्टले जानकारी दिए । नवनियुक्त गभर्नर अधिकारीलाई डेपुटी गभर्नरद्धय चिन्तामणी शिवाकोटी र शिवराज श्रेष्ठसहित कर्मचारीले स्वागत गरेका थिए ।


Facebook Comments

हरेक खबर खास खबर