२२ मंसिर २०७८, बुधबार
गृह कालोबजारीको आरोपमा जगदम्बा स्टीलका मालिक पक्राउ
कालोबजारीको आरोपमा जगदम्बा स्टीलका मालिक पक्राउ

काठमाडौं । प्रहरीले शंकर ग्रुप तथा जगदम्बा स्टीलका मालिक सुलभ अग्रवाललाई पक्राउ गरेको छ । उनलाई आज दिउँसो न्यूरोडबाट पक्राउ गरेको हो । प्रक्राउ परेका अग्रवालमाथि ज्वरो नाप्ने थर्मल गन मा कालोबजारी गरेको आरोप लागेको छ ।

अपराध महाशाखाका अनुसार अग्रवालले ५ हजार रुपैयाँ पर्ने थर्मल गन १५ हजार रुपैयाँमा विक्री गर्न खाजेका थिए । उनको साथबाट ६७ थान थर्मल गन बरामद गरेको महाशाखाका एसएसपी सहकुल थापाले जानकारी दिनुभयो । अग्रवाल नेपालका लागि किर्गिस्थानका लागि अवैतनिक दुत समेत भएको एसएसपी थापाले बताउनुभयो ।


Facebook Comments

हरेक खबर खास खबर