१७ मंसिर २०७८, शुक्रबार
गृह अन्तर्राष्ट्रिय उडान वैशाख १८ गतेसम्म बन्द
अन्तर्राष्ट्रिय उडान वैशाख १८ गतेसम्म बन्द

काठमाडौं । सरकारले अन्तर्राष्ट्रिय हवाई उडान आगामी वैशाख १८ गतेसम्म बन्द गर्ने निर्णय गरेको छ । आज बसेको कोरोना भाइरस (कोभिड–१९) संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले थप १५ दिन अन्तर्राष्ट्रिय उडान बन्द गर्ने निर्णय गरेको हो । यसअघि समितिले वैशाख ३ गतेसम्म उडान प्रतिबन्द लगाउने निर्णय गरेकोमा परिस्थिति अनुकुल नबनेको भन्दै वैशाख १८ सम्म लम्ब्याउने निर्णय गरेको हो ।

बैठकले आन्तरिक उडानको हकमा भने केहि निर्णय नगरेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव नारायणप्रसाद बिडारीले जानकारी दिए । यस्तै अत्यावश्यकीय स्वास्थ्य सामग्री जिटुजी मार्फत खरिद गर्न स्वास्थ्य मन्त्रालयको समन्वयमा नेपाली सेनाले जिम्मा दिने निर्णय भएको उनले बताए ।


बैठकले कोरोना भाइरस (कोभिड–१९) को संक्रमणको उच्च जोखिम भएका जिल्लाहरूमा ¥यापिड किटमार्फत परीक्षणलाई बढाउने निर्णय समेत गरेको छ । कैलाली, कञ्चनपुर र बागलुङमा आरडीटी पद्धतिबाट शीघ्र परीक्षण गर्ने र त्यसबाट पोजेटिभ देखिए पीसीआर मेसिनबाट परीक्षण गर्ने निर्णय भएको बिडारीले बताए ।

Facebook Comments

हरेक खबर खास खबर