१७ मंसिर २०७८, शुक्रबार
गृह समस्यामा परेका नेपालीलाइ स्वदेश ल्याउन सर्वोच्च्ले दियो आदेश
समस्यामा परेका नेपालीलाइ स्वदेश ल्याउन सर्वोच्च्ले दियो आदेश

काठमाडौं । सर्वोच्च अदालतले विदेशमा खाना, बस्न र उपचारको समस्या परेका नेपाली नागरिकलाई स्वदेश ल्याउने व्यवस्था मिलाउन सरकारको नाममा आदेश जारी गरेको छ । सर्वोच्चका न्यायाधीशद्वय दीपककुमार कार्की र मनोजकुमार शर्माको संयुक्त इजलासले आज विपतमा परेर नेपाल फर्कन इच्छुक नागरिकका लागि यस्तो व्यवस्था गर्न आदेश दिएको हो । अदालतले स्वदेश फर्कनेहरूको अद्यावधिक लगत राखेर क्वारेन्टाइनमा राख्न समेत आदेश दिएको छ ।

अधिवक्ताद्वय मीना खड्का बस्नेत, मनीषकुमार श्रेष्ठ लगायतको रिटमाथि अन्तरिम आदेश जारी गर्दै अदालतले नेपाल फर्कन चाहेको हकमा सम्बन्धित मुलुकसँग कूटनीतिक माध्यमबाट समन्वय गरी नेपाल ल्याउन व्यवस्था गर्न भनेको छ । त्यस्तो कार्य तत्काल सम्भव नभएमा निजहरुलाई सम्बन्धित देशमै खाना, बस्न र उपचारको उचित प्रबन्ध गरी नागरिकको हकहितको रक्षा गर्ने व्यवस्था मिलाउन आवश्यक पहल गर्न आग्रह गरिएको छ ।


‘भारतको सीमामा रहेका नेपाल आउन इच्छुक नेपालीलाई नेपालमा ल्याएर क्‍वारेन्टाइनमा राख्नु’ आदेशमा भनिएको छ, । ‘तत्काल सम्भव नभए भारतसँग समन्वय गरी लकडाउनको अवधिसम्मका लागि उनीहरुलाई खाने, बस्ने अनि उपचारको उचित व्यवस्था गर्नुपर्ने भनेको छ । विदेशमा रहेका नेपालीको भिसा वा राहदानीको म्याद सकिएको कारणले कुनै समस्या भए सम्बन्धित देशसँग समन्वय गरेर बसाइँ नियमित गर्न पनि अदालतको आदेश छ ।

Facebook Comments

हरेक खबर खास खबर