१७ मंसिर २०७८, शुक्रबार
गृह भक्तपुरका ४० जनाको रिपोर्ट नेगेटिभ
भक्तपुरका ४० जनाको रिपोर्ट नेगेटिभ

भक्तपुर । कोरोना भाइरसको शंकामा नमुना परीक्षण गरिएका भक्तपुरका ४० जनाको रिपोर्ट नेगेटिभ आएको छ । भक्तपुरमा शंकास्पद ५८ जनाको स्वाब संकलन गरी परीक्षण गरिएकोमा ४० जनाको रिपोर्ट नेगेटिभ आएको र बाँकी १८ जनाको रिपार्ट आउन बाँकी छ । कोरोना भाइरसको सम्भावित संक्रमणको रोकथाम र उपचारका लागि भक्तपुरमा तीन वटा क्वारेन्टाइन स्थल तयार रहेको र त्यहाँ २९५ बेड रहेको प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले जानकारी दिए ।

जिल्लाका विभिन्न अस्पतालमा १७ वटा भेन्टिलेटरसहितको सघन उपचार कक्ष र ८७ वटा आइसोलेसन बेड तयारी अवस्थामा रहेको छ । भक्तपुरमा चैत १ देखि यता भारतलगायत तेस्रो मुलुकबाट आएका १३४ जनाको पहिचान गरी उनीहरुलाई निगरानीमा राखेको र उनीहरुको स्वाब परीक्षणको तयारी शुरु गरिएको बताइएको छ । गत चैत १२ मा पूर्वको काँकडभिट्टा नाकाबाट नेपाल प्रवेश गरी भक्तपुर आइपुगेका २३ जनालाई खरिपाटीस्थित क्वारेन्टाइनमा राखिएको छ ।


गत चैत ८ मा विभिन्न देशबाट हवाईमार्ग हुँदै नेपाल प्रवेश गरी खरिपाटी क्वारेन्टाइनमा राखिएकामध्ये स्वाब परीक्षणमा नेगेटिभ रिपोर्ट आएका विभिन्न स्थानमा ७३ जनालाई पाँचवटा बसको व्यवस्था गरी घर पठाएएको प्रमुख जिल्ला अधिकारी पाण्डेले जानकारी दिएका छन् ।

Facebook Comments

हरेक खबर खास खबर