१८ मंसिर २०७८, शनिबार
गृह कोरोना कहरः मृत्यु हुनेको संख्या ८२ हजार नाघ्यो
कोरोना कहरः मृत्यु हुनेको संख्या ८२ हजार नाघ्यो

काठमाडौं । विश्वभर कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या ८२ हजार नाघेको छ । विश्वका २ सय ९ वटा देशमा फैलिएको भाइरसका कारण ८२ हजार ५८ जनाको मृत्यु भएको विश्व स्वास्थ्य संगठन डब्लु एच ओले जनाएको छ । अमेरिकामा सबैभन्दा तीव्र गतिमा भाइरस संक्रमण फैलिरहेको छ । संक्रमणका कारण अमेरिकामा एकै दिन १९ सय ५२ जनाको ज्यान गएको छ । ३३ हजार भन्दा बढी नयाँ संक्रमित फेला परेका छन् ।

अमेरिकामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १२ हजार ८ सय ५४ पुगेको छ भने संक्रमितको संख्या चार लाख ४ सय १२ पुगेको छ । कोरोना उद्घम थलो चीनमा ३ हजार ३ सय ३१ जनाको मृत्यु भएको छ । युरोपमा कोरोनाको इपिसेन्टर बनेको इटालीमा १७ हजार १ सय २७ जनाको मृत्यु भएको छ भने १ लाख ३५ हजार ५ सय ८६ जनामा संक्रमण पुष्टी भएको छ । यस्तै स्पेनमा १३ हजार ४५ , बेलायतमा ६ हजार १ सय ५९ जनाको मृत्यु भएको छ भने इरानमा ३ हजार ८ सय ७२ जनाले ज्यान गुमाएका छन् ।


छिमेकी मुलुक भारतमा १६० जनाको मृत्यु भएको छ भने ५ हजार ३ सय ११ जना संक्रमित भएका छन् । विश्वभर संक्रमितको संख्या १४ लाख पुगेको छ । जसमध्ये ३ लाख १ हजार भन्दा बढी उपचारपछि निको भएर घर फर्किएका छन् । जसमध्ये ४७ हजार २ सय ५६ जनाको अवस्था गम्भिर रहेको डब्लु एच ओले जनाएको छ ।

Facebook Comments

हरेक खबर खास खबर