१८ मंसिर २०७८, शनिबार
गृह पीपीइको मागमा विरोध गर्ने ५० डाक्टर पक्राउ
पीपीइको मागमा विरोध गर्ने ५० डाक्टर पक्राउ

पाकिस्तान । पाकिस्तानमा कोरोना भाइरसको संक्रमणबाट जोगिनका लागि पीपीइको मागमा विरोध गर्न उत्रिएका डाक्टरहरुलाई प्रहरीले पक्राउ गरेको छ । विरोध प्रदर्शनमा उत्रिएका ५० डाक्टरलाई पक्राउ गरिएको बीबीसी ले जनाएको छ ।

प्रहरीले विरोध प्रदर्शनलाई रोक्ने प्रयास गरेपनि डाक्टरहरु हड्तालमा उत्रिएका थिए ।दक्षिण एसियामा भारतपछि कोरोना भाइरसबाट धेरै संक्रमितहरुको संख्या पाकिस्तामै छन्। । पाकिस्तानमा हालसम्म ४ हजार भन्दा बढी संक्रमित रहेका छन्। भने ५८ जनाले ज्यान गुमाइसकेका छन्। ।


Facebook Comments

हरेक खबर खास खबर