१७ मंसिर २०७८, शुक्रबार
गृह पानीजहाजमै भेटिए ६० प्रतिशत कोरोना संक्रमित
पानीजहाजमै भेटिए ६० प्रतिशत कोरोना संक्रमित

वासिंटन । पानीजहाजमा रहेका ६० प्रतिशत यात्रु मा पनि कोरोनभाइरस संक्रमण भेटिएपछि उनीहरुलाई निकालिने भएको छ ।२ सय १७ यात्रु बोकेर मार्च १५ मा अन्टर्कटिका र साउथ जर्जियाका लागि छुटेको जहाजका १ सय २८ यात्रु संक्रमण भेटिएपछि उरुग्वेको समुद्री तटमै रोकिएको छ । जहाँबाट अष्ट्रेलिया र न्युजिल्याण्डका संक्रमित यात्रुहरुलाई यही बिहीबार पानी जहाज बाट ओरालिने तयारी भएको छ । अष्ट्रेलियाबाट छुटेको उक्त पानीजहाजका अधिकारीहरुले यसअघि भने कोरोनाको थप जोखिम बढ्नसक्ने त्रासका कारण यात्रु ओराल्न सहमति जनाएका थिएनन ।

संक्रमित हुनेमा केही अमेरिकी र युरोपियन यात्रुहरु पनि छन । तर उनीहरुको दोस्रो पटक परीक्षण गरिनुपर्ने भएकाले उनीहरु तत्काल जहाजबाट ओर्लिनु पर्ने छैन । जहाजका सबै यात्रुलाई हरेक दुई वा तीन दिनमा परीक्षण गरिन्छ ।


अप्रिलको सुरुमा जहाज कम्पनीले तयार पारेको विज्ञप्ति अनुसार जहाजका चिकित्सकलाई समेत ज्वरो आएको थियो । यसका लागि थप स्वास्थ्यकर्र्मीको व्यवस्था गर्ने कम्पनीले जनाएको छ । मंगलबार साँझ भने उरुग्वे सरकारले न्युजिल्याण्ड र अष्ट्रेलियन यात्रुलाई यही साताको अन्त्यसम्म पानीजहाजबाट ओरालेर उडान गराउने अनुमति दिने जनाएको छ । उनीहरु बिहीबार मेलबर्न जान पाउनेछन । तर मातदण्ड अनुसार १४ दिनको क्वारेन्टाइनमा बस्नुपर्नेछ । यसका लागि पानी जहाज कम्पनी अरोराले प्लेन चार्टर्डको बन्दो बस्त गरेको पनि जनाएको छ ।

Facebook Comments

हरेक खबर खास खबर