१७ मंसिर २०७८, शुक्रबार
गृह ११ दिनपछि आफन्तले बुझे बाबुरामको शव
११ दिनपछि आफन्तले बुझे बाबुरामको शव

बुटवल । बुटवलको कोरोना विशेष अस्थायी अस्पतालमा उपचारका क्रममा मृत्यु भएका बाबुराम थापाको शव बुझ्न परिवार सहमत भएको छ । आज प्रदेश ५ को सामाजिक विकास मन्त्रालयमा भएको सर्वपक्षीय छलफलमा पाँचबुँदे सहमति भएपछि परिवार शव बुझ्न तयार भएको हो । वार्तामा मृतकका परिवारलाई सुरुमा ५ लाख ५ हजार दिने गरी आधारभूत राहत कोष बनाउने सहमति भएको छ । दाताहरुको सहयोगबाट साढे ८ लाख रकम संकलन भइसकेको युवा उद्यमी जगत पोखरेलले जानकारी दिए ।

कोरोनाको आशंकामा अस्पताल पुगेका ३४ वर्षीय थापाको गत चैत १६ गते मृत्यु भएको थियो । यसैगरी मृतकका दुई छोरालाई उच्च शिक्षासम्म पठनपाठनमा सहयोग गर्ने र मृतककी श्रीमती रिता थापा क्षेत्रीलाई सैनामैनामै स्थानीय सरकारले योग्यताअनुसार रोजगार दिने लिखित सहमति भएको पुर्व सभासद विनोद पहाडीले बताउनुभयो । चैत पहिलो साता मात्र दुबईबाट नेपाल फर्किएका थापा चैत १३ गते लुम्बिनी प्रादेशिक अस्पताल भर्ना भएका थिए ।


Facebook Comments

हरेक खबर खास खबर