१७ मंसिर २०७८, शुक्रबार
गृह मस्क वितरणः वडाअध्यक्ष भन्छन् समन्वय भएन, मेयर भन्छन् झुटा हो
मस्क वितरणः वडाअध्यक्ष भन्छन् समन्वय भएन, मेयर भन्छन् झुटा हो

डडेल्धुरा । डडेल्धुरको परशुराम नगरपालिकामा मास्क वितरणको बिषयलाइ लिएर विवाद श्रजना भएको छ । नगरपालिकाका समपूर्ण वडाहरुमा मास्क वितरण गर्ने योजना अनुसार नगरप्रमुख भीम बहादुर साउँदले आफ्नो ब्याक्तिगत लगानिमा वितरण गरिरहको दावी गरेका छन् । तर यता वडाध्यक्षहरुले भने मेयर साउँद आफैले निर्णयको पालना नगरेको बताएका छन् । चैत २२ गतेको बैठकमा मासक लगायत राहतका सामग्रीहरु न्गरपालिका वडा वडा कार्यालय तथा सम्बन्धित वडाध्यषबाट वितरण गर्नुपर्ने भएपनि मेयर साउँदले आफ्ना कार्यकर्ता मार्फत बाड्न लगाएको र आफुहरुसंग कुनै पनि समन्वय नगरेको बताएका छन् ।

वडा नं ७ का अध्यक्ष केशव बोहराले खासखबरसंग टेलिफोनमा भने,“ आफ्नै कार्यकर्तामार्फत बाड्न पठाउने, आफ्नै कार्यकर्ताहरुका घरपरिवारलाइ मात्रै दिने त्यो त सबैले देखेकै कुरो हो नी । आफ्नो पार्टीका अध्यषले जितेको वडामा वडाध्यक्षमार्फत मास्क वितरण गरिएपनि अन्य वडाहरुमा भने पार्टीका कार्यकर्ता मार्फत वितरण भइरहेको छ यो गलत हो” उनले भने ।


वडा नं ९ का अध्यक्ष रमेश बोहराले नगरपालिको निर्णय अनुसारनै राहत वितरण गर्नुपर्ने भएपनि नगरप्रमुख साउँदले आफ्नै कार्यकर्तामाफृत मासक वितरण गर्नु र निर्णयको बिरुद्धमा गएर मास्क वितरण गरेको उनले आरोप लगाए ।
मेयर साउँदको ब्याक्तिगत लागानीमा मास्क वितरण भएपनि सबै जनताहरुले समान रुपमा मास्क पाउनुपर्ने वडा नं ८ का अध्यक्ष गोवीन्द बोहराले बताएका छन् ।

यता नगरप्रमुख साउँदले यस बिषयमा भने, मेरो ब्याक्तिगत लगानीमा मैले मास्क वितरण गरेको हुँ कसैलाइ टाउको दुख्ने बिषय किन, खाली राजनीतिक रुपमा हेर्न खोजिएको मात्रै हो, गाउँमा पनि नजाउ, राह पनि नबाँड भन्ने बिचार वडाअध्यक्षहरुको भएपनि त्यस्तो कुनै असमझदारी भएको होइन उनले भने ।

Facebook Comments

हरेक खबर खास खबर