१७ मंसिर २०७८, शुक्रबार
गृह अस्पतालले भर्ना नलिएपछि कैलालीमा एक बृद्धको मृत्यु
अस्पतालले भर्ना नलिएपछि कैलालीमा एक बृद्धको मृत्यु

धनगढी । अस्पतालमा भर्ना नलिएपछि कैलालीमा एक बुद्धको ज्यान गएको छ । मृत्यु हुनेमा जिल्लाको गोदावरी नगरपालिका–२ तेघरीका ७६ वर्षीय जनकलाल भट्ट रहेका छन् । स्वासप्रश्वासमा समस्या आएपछि भट्टलाई साढे ११ बजे धनगढीस्थित माया मेट्रो अस्पताल पुगाइएको थियो ।

अस्पताल लगिएपनि धनगढीका अस्पतालहरूले भर्ना गर्न नमानेको मृत्यु भएको मृतककी श्रीमती भागरतीले बताइन् । कसैले डाक्टर छैनन् भने कसैले अन्त लगेर उपचार गर्नुहोस् भनेर भागरतीले भनिन् ।’श्रीमानले समयमै उपचार पाएको भए बाँच्न सक्ने उनले बताइन् ।


अस्पतालहरुले भर्ना गर्न नमानेपछि बुधबार बिहान ११ बजेदेखि धनगढीका अस्पतालहरुमा धाउनु परेको उनले बताइन् । सुरुमा माया मेट्रो अस्पताल लगेको तर त्यहाँ भर्ना गर्न नमानेको उनको भनाइ छ । श्रीमानलाई अस्पतालले भेण्टिलेटरमा राख्नुपर्ने भन्यो,’ उनले भनिन् ‘धनगढीमा भेन्टलेटर सुविधा भएको माया मेट्रो अस्पतालले भर्ना गर्न नमानेपछि अर्को भेण्टिलेटर सुविधा भएको निसर्ग अस्पतालमा लग्यो निसर्गले पनि भर्ना गर्न मानेन्।’ अस्पतालहरुले भर्ना गर्न नमानेपछि बाध्य भएर नेपालगंज लग्न अत्तरिया घरमा ल्याएको १० मिनेटमै मृत्यु भएको उनले जनाइन्।

यता माया मेट्रो अस्पतालका अध्यक्ष धीरेन्द्र साउदले भेण्टिलेटर खाली नभएकाले राख्न नकिएको बताएका छन् ।
निसर्ग अस्पतालले भने डक्टर नै नभएका कारण भर्ना गर्न नसकिएको जनाएको छ ।

Facebook Comments

हरेक खबर खास खबर