१७ मंसिर २०७८, शुक्रबार
गृह लकडाउनका बेला बझाङमा मेला लगाउने वडा अध्यक्ष सहित ९ जना पक्राउ
लकडाउनका बेला बझाङमा मेला लगाउने वडा अध्यक्ष सहित ९ जना पक्राउ

बझाङ । सरकाररले कोरोना भाइरसको जोखिमबाट बच्नका लागि गरिएको लकडाउनका बेला बझाङमा मेला सञ्चालन गरेको आरोपमा ४ जना जनप्रतिनिधिसहित ९ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। चैत्र २४ गते भने लकडाउनकै बेला बझाङको छविसपाथिभेरा गाँउपालिका–३ मा ‘बान्नीकी चैतली’ मेला सञ्चालन भएको थियो ।

मेला आयोजना गरेर लकडाउन उल्लंघन गरेको आरोपमा छविसपाथिभेरा गाउँपालिकाका चार जना वडाध्यक्ष, मन्दिरका पुजारी तथा उनका सहयोगी गरी नौ जनालाई बुधवार नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी प्रमुख डीएसपी गणेश बहादुर बमले जानकारी दिए । पक्राउ पर्नेमा छविसपाथिभेरा गाउँपालिका–२ का वडाअध्यक्ष विकास ऐडी, ३ का वडाअध्यक्ष केशवराज जोशी, ४ का वडाअध्यक्ष अम्मरराज थापा र वडा नं. ५ का वडाअध्यक्ष तथा गाँउपालिकाका प्रवक्ता लोकेन्द्रबहादुर ठगुन्ना रहेका छन् ।


यस्तै, बान्नी मष्टा मन्दिरका पुजारी निर्पप्रसाद जोशी र उनका दुई सहयोगी फसलपाते पण्डित डम्बर बहादुर धामी र पूजारी जयकृष्ण जोशीलाई पनि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। स्थानीय रजबार इन्द्रबहादुर सिंह र मन्दिर संरक्षण समितिका सचिव राजेन्द्रबहादुर सिंहलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भइरहेको डीएसपी बमले बताए। अहिले उनीहरुलाई जिल्ला प्रहरी कार्यालय बझाङ पुर्याइएकाे छ।

Facebook Comments

हरेक खबर खास खबर