१८ मंसिर २०७८, शनिबार
गृह डडेल्धुरामा सलको पिङमा अल्झीएर ६ बर्षिय वालकको मृत्यु
डडेल्धुरामा सलको पिङमा अल्झीएर ६ बर्षिय वालकको मृत्यु

डडेल्धुरा । डडेल्धुरामा घरभित्रै सलको पिङमा अल्झिएर एक वालकको मृत्यु भएको छ । जिल्लाको आलिताल गाउँपालिका–७ बान्नीगडाका ६ बर्षिय वालक गणेश ठगुन्नाको मृत्यु भएको हो । घर भित्रै धुरीखामोमा खेल्नका लागि बनाईएको सलको पिङमा अल्झीएर वालकका मृत्यु भएको ईलाका प्रहरी कार्यलय जोगबुडाका प्रहरीले निरिक्षक जनक बहादुर मल्लले जानकारी दिए । वालकको जोगबुडा अस्पतालमा पोष्टर्माटमका लागि पठाइएको छ । थप रिर्पाेट पोष्टर्माटम पछि आउने प्रहरीले जनाएको छ ।

Facebook Comments

हरेक खबर खास खबर