१७ मंसिर २०७८, शुक्रबार
गृह खाद्य संस्थानले थाल्यो होम डेलिभरी
खाद्य संस्थानले थाल्यो होम डेलिभरी

काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले अनलाइन अर्डरमार्फत घरघरमा सामग्री र्पुयाउन थालेको छ । कम्पनीले अहिलेलाई चामल र सिमीको होम डेलिभरी सुरु गरेको हो । यसको लागि खाद्य व्यवस्था तथा व्यापार कम्पनीको वेबसाइट मा गएर अर्डर गर्न सकिनेछ । कम्तीमा दुई हजार रुपैयाँको सामान अर्डर गरेको हुुनुपर्ने, चक्रपथ भित्रबाट अर्डर गरेको हुनुपर्ने कम्पनीले जनाएको छ । अर्डर गरेको सामान बढीमा दुई दिनभित्र सामान र्पुयाइने कम्पनीको दाबी छ ।

यसरी घरघरमै र्पुयाएको सामानको होम डेलिभरी शुल्क लाग्ने छैन । अहिलेलाई सोना मन्सुली चामल, जापनिज चामल र कर्णालीको सिमी घरघरमा र्पुयाउने कम्पनीले जनाएको छ । सोना मन्सुली चामल ३० किलोको १४ सय १० रुपैयाँ, जापनिज चामल ३० किलोको १८ सय ९० रुपैयाँ र कर्णालीको सिमी दुई किलोको प्याकेटको दुई सय ४० रुपैयाँ तोकिएको छ । तर यसमा १० प्रतिशत छुट हुनेछ ।


Facebook Comments

हरेक खबर खास खबर