१८ मंसिर २०७८, शनिबार
गृह बेलायतमा एक नेपालीकको मृत्यु
बेलायतमा एक नेपालीकको मृत्यु

बेलायत । बेलायतको लण्डनमा बस्दै आएका एक भूपू गोरखा सैनिकको कोरोना भाइरस सङ्क्रमणका कारण मृत्यु भएको छ । पर्वत स्थायी घर भएका ५९ वर्षीय चेतप्रसाद गुरुङको गएराति लण्डनको नर्थवीक पार्क अस्पतालमा मृत्यु भएको हो । करिब दुई सातादेखि ज्वरो आएपछि चिकित्सकको सल्लाहअनुसार गुरुङ घरैमा आइसोलेसनमा बस्दै आएका थिए ।

श्वासप्रश्वासमा समस्या भएपछि उनलाई आकस्मिक कक्षमा राखेर पछि वार्डमा सारिएको थियो । भर्ना गरेको दुई दिनपछिबाट उनको स्वास्थ निकै खराब भएपछि भेन्टिलेटरमा राखिएको थियो । लण्डनस्थित नेपाली दूतावासका प्रवक्ता एवम् उपनियोग प्रमुख शरदराज आरणले गुरुङको मृत्यु भएको पुष्टि गर्नुभएको छ । हालसम्म बेलायतमा कोरोनाले ३ जना नेपालीको मृत्यु भएको दूतावासले जनाएकोल छ ।


Facebook Comments

हरेक खबर खास खबर