१७ मंसिर २०७८, शुक्रबार
गृह खुल्यो तातोपानी नाका, आयात सुरु
खुल्यो तातोपानी नाका, आयात सुरु

काठमाडौं । चनिसंग जोडिएको तातोपानी नाका सञ्चालनमा आएको छ । नेपालको आग्रहमा चीन सरकार तत्कालका लागि तातो पानी नाका खुला गर्न सहमत भएसँगै हिजो बेलुकादेखि नाका सञ्चालनमा आउको बताइएको छ ।

नेपालले अत्यावश्यक सामग्री भित्र्याउनका लागि नाका खुल्ला गर्न आग्रह गरी चीनलाई चैत १२ गते पत्राचार गरेको थियो। त्यसको जवाफमा चीनले अत्यावश्यक वस्तु मात्रै आयात गर्ने शर्तमा तातोपानी नाका मात्रै खुला गरेको हो । रसुवागढी नाका भने खुला भएको छैन । कोरोना भाइरसको संक्रमण सुरु भएसँगै नाका बन्द भएको थियो ।


Facebook Comments

हरेक खबर खास खबर