१७ मंसिर २०७८, शुक्रबार
गृह घर घरमै पुगेर भत्ता वितरण
घर घरमै पुगेर भत्ता वितरण

सिन्धुली । कमलामार्ई नगरपालिकाले अहिलेको कोरोना संक्रमणको अवस्थालाई मध्यनजर गर्दै दुई महिनाको सामाजिक सुरक्षा भत्ता घर घरमै पुगेर वितरण गरेको छ ।
नगरपालिकाले जेष्ठ नागरिक, अपाङ्गता भएका असाहाय, एकल महिला तथा विपन्न वर्गलाई अग्रिम सामाजिक सुरक्षा वितरण वितरण गरेको हो । नगरप्रमुख खड्ग खत्रीका अनुसार नगरपालिकाको विभिन्न वडामा घर घरमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गरेको हो । उनले लकडाउनको समयमा बैंकमार्फत वितरण गर्दा भीडभाड नहोस भनी घरघरमै पु¥याइएको बताए ।

Facebook Comments

टक बहादुर खाती खासखबर मा कार्यरत छन् । उनी समसामयिक बिषयमा कलम चलाउछन् ।