१७ मंसिर २०७८, शुक्रबार
गृह आफ्नै बाबु माथि हतियार प्रहार गर्ने युवक पक्राउ
आफ्नै बाबु माथि हतियार प्रहार गर्ने युवक पक्राउ

धनकुटा । ५० वर्र्षीय आफ्नै बुबा गोपाल लिम्बुलाई धारिलो हतियार भाला प्रहार गरी घाइते बनाइएको अभियोगमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ ।
धनकुटाको चौबिसे गाउँपालिका ७ पोस्तके बस्ने विनोद लिम्बुलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । उनले घरायसी विवादमा भालाले ढाडमा हानि बुबा गोपाललाई गम्भीर घाइते बनायका थिए । खबर पाउनासाथ पुगेको प्रहरी बिट मौनाबुधुकको टोलीले विनोदलाई पक्राउ गरेको हो । घाइते भएका गोपाललाई स्थानीय स्वास्थ्य चौकी मौनाबुधुक हुँदै थप उपचारका लागि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको छ ।

Facebook Comments

टक बहादुर खाती खासखबर मा कार्यरत छन् । उनी समसामयिक बिषयमा कलम चलाउछन् ।