१८ मंसिर २०७८, शनिबार
गृह भोक भोकै अलपत्र परेका ३७ मजदुरको उद्धार
भोक भोकै अलपत्र परेका ३७ मजदुरको उद्धार

म्याग्दी । तीन साता लामो लकडाउनका कारण अलपत्रमा परेका ३७ मजदूरलाई म्याग्दीका विभिन्न ठाउँबाट उद्धार गरिएको छ । कोरोना भाइरस (कोभिड–१९) को नियन्त्रणका लागि सरकारले गरेको तीनसाता लामो लकडाउनका कारण विभिन्न जिल्लाबाट आएर म्याग्दीमा विभिन्न आयोजनामा काम गर्ने ३७ मजदूर भोकभोकै रहेका र हिँडेर नै आफ्नो जिल्लामा फर्कन लागेको सूचनाका आधारमा उनीहरुको उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।

बुधबार बेनी नगरपालिका– ६ गुफा हुँदै मालिकाधुरीको बाटो प्रयोग गरी गृहजिल्ला दाङतर्फ जान लागेको १४ जना र बेनी दरवाङहुँदै रोल्पातर्फ हिँडेका २३ मजदूरलाई उद्धार गरी सम्बन्धित आयोजनाका ठेकेदारलाई जिम्मा लगाइएको म्यागदीका प्रहरी नायव उपरिक्षक किरणजंग कुवँरले जनाएका छन ।


उनले ‘आफ्नो आयोजना स्थलमा रहेका मजदूरलाई अलपत्र पार्नेलाई कारवाही गर्ने जनाएका छन । साथै एक ठाउँबाटअर्को ठाउँमा नजान मजदूरहरुलाई समेत सचेत बनाएको जानकारि पनि दिए ।अत्यावश्यक काम बाहेक एक जिल्लाबाट अर्को जिल्लामा जान बन्द गरिएको थाहा पाएपनि आफूहरुले भोकभोकै बस्नुपर्ने अवस्था आएकाले बस्तीभन्दा टाढा जङ्गलको बाटो प्रयोग गरी घरतर्फ जान लागेको मजदूरहरुले बताएका छन्। ।

Facebook Comments

टक बहादुर खाती खासखबर मा कार्यरत छन् । उनी समसामयिक बिषयमा कलम चलाउछन् ।