१७ मंसिर २०७८, शुक्रबार
गृह भोली र पर्सि काठमाडौं बाहिर जान पाइने
भोली र पर्सि काठमाडौं बाहिर जान पाइने

काठमाडौं । लकडाउनका कारण काठमाडौं उपत्यकामै रोकिएकाहरुलाइ भोलि र पर्सि उपत्यका बाहिर जान दिइने भएको छ । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको नेतृत्वमा बसेको बैठकले दुई दिन उपत्यका बाहिर जान दिने निर्णय गरेको हो ।

चैत ११ बाट जारी लकडाउन लम्बिएका कारण मानिसहरु हिडेरै काठमाडौंबाट बाहिर जान थालेका छन् । लकडाउन अझै लम्बिने अवस्था आयो भने दैनिक उपभोग्य बस्तुहरुको आपूर्तिमा समस्या आउनसक्ने भएकाले सरकारले गाउँ र्फकन चाहनेहरुलाई उपत्यका छाड्ने बाटो खुला गरेको हो ।


भौतिक पूर्वाधार तथा यातायातमन्त्री बसन्त नेम्वाङकाअनुसार लामो दुरीको रुटमा सरक्षाकर्मीले स्कटिङ गरेर लैजानेछ भने छोटो दुरीको हकमा कसरी लैजाने भने गृहमन्त्रालयले योजना बनाउन बाँकी छ ।

Facebook Comments

हरेक खबर खास खबर