१८ मंसिर २०७८, शनिबार
गृह आफ्नै निर्णयबाट सरकार किन पछि सर्यो? यस्तो छ कारण
आफ्नै निर्णयबाट सरकार किन पछि सर्यो? यस्तो छ कारण

काठमाडौं । शुक्रबार र शनिवार उपत्यकाबाट बाहिर जान खुला गर्ने निर्णयबाट सरकार पछि हटेको छ । उपप्रधानमन्त्री ईश्वर पोखरेल संयोजकत्वको उच्चस्तरीय समितिले बिहीबार दिउँसा, शुक्रबार र शनिबार उपत्यकाबाट बाहिर जान दिने तर भित्र छिर्न नदिने निर्णय गरेकोमा डेढ घन्टामै उक्त निर्णय उल्टिएको हो ।

बाहिर जान चाहनेहरुलाई कसरी पठाउने भन्ने व्यवस्थापनको जिम्मा गृह मन्त्रालयलाई दिइएकोमा गृहले हालका लागि सम्भव नहुने राय दिएपछि निर्णय उल्टिएको बुझिएको छ । प्रदेश सरकारहरुले समेत केन्द्र सरकारको निर्णयप्रति असहमति जनाएका थिए । स्थानीय तहहरुले बाहिरबाट जाने मानिसहरुलाई प्रवेशमा रोक लगाएको बेला सरकारले गरेको निर्णयको सबैतिर आलोचना भएको थियो ।


यसअघि सरकारबाटै अाधिकारिक धारणा अाएकाे थियाे । याे  हेर्नुहाेस्

Facebook Comments

हरेक खबर खास खबर