१८ मंसिर २०७८, शनिबार
गृह स्पेनमा मृत्यु हुनेको संख्या १५ हजारभन्दा बढी
स्पेनमा मृत्यु हुनेको संख्या १५ हजारभन्दा बढी

मड्रिड । स्पेनमा कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट १५ हजारभन्दा बढीको मृत्यु भएको छ । स्पेनी स्वास्थ्य मन्त्रालयका अनुसार स्पेनमा १५ हजार २३८ को मृत्यु भएको छ । तर, नयाँ संक्रमितको संख्या भने घटेको छ ।पछिल्लो २४ घण्टामा ५ हजार ७५६ नयाँ संक्रमित फेला परेको जनाइएको छ । बुधबार नयाँ संक्रमित ६ हजार १८० फेला परेका थिए ।
नयाँ संक्रमितको संख्यामा भने कमी आएको यो निरन्तर चौथो दिन हो ।

Facebook Comments

टक बहादुर खाती खासखबर मा कार्यरत छन् । उनी समसामयिक बिषयमा कलम चलाउछन् ।