२२ मंसिर २०७८, बुधबार
गृह कोरोना भाइरस नियन्त्रण बाहिर, मृत्यु हुनेको संख्या ९५ हजार नाघ्यो
कोरोना भाइरस नियन्त्रण बाहिर, मृत्यु हुनेको संख्या ९५ हजार नाघ्यो

काठमाडौं । विश्वभरि महामारीको रुप लिएको कोरोना भाइरसको प्रकोप अझै नियन्त्रण बाहिर छ । भाइरस प्रकोपका कारण अधिकांश मुलुक लकडाउनको अवस्थामा रहँदा मानिसहरुको जनजीवन अस्तव्यस्त बनेको छ । पछिल्लो २४ घण्टामा मात्रै भाइरस संक्रमणबाट विश्वभर मृत्यु हुनेको संख्या ७ हजार नाघेको छ । अमेरिकामा संक्रमित र मृत्यु हुनेको संख्या सबैभन्दा तीव्र रुपमा बढिरहेको छ । त्यहाँ हालसम्म ४ लाख ६८ हजार ५ सय ६६ जनामा संक्रमण पुष्टी भएको छ । १६ हजार ६ सय ९१ जनाको मृत्यु भएको छ ।

१० हजार भन्दा बढीको गम्भिर अवस्थामा उपचार भइरहेको छ । युरोपमा कोरोना इपिसेन्टर बनेको इटालीमा मृत्यु हुनेको संख्या १८ हजार दुई ७९ पुगेको छ । त्यहाँ पछिल्लो समय मृतकको संख्यामा केहि कमी आएपनि संक्रमितको संख्या थपिने क्रम रोकिएको छैन । त्यहाँ हालसम्म १ लाख ४३ हजार ६ सय २६ जनामा संक्रमण पुष्टी भएको बिबीसीले जनाएको छ । स्पेनमा १५ हजार ४ सय ४७ जनाको मृत्यु भएको छ भने फ्रान्समा मृत्यु हुनेको संख्या १२ हजार २ सय १० पुगेको छ । कोरोनाको उद्घम थलो चीनमा मृत्यु हुनेको संख्या ३ हजार ३ सय ३६ पुगेको छ ।


यस्तै बेलायतमा ७ हजार ९ सय ७८, इरानमा ४ हजार १ सय १०, जर्मनीमा २ हजार ६ सय ७ र बेलजियममा २ हजार ५ सय २३ जनाको मृत्यु भएको छ । योसँगै विश्वभर मृत्यु हुनेको संख्या ९५ हजार ७ सय १४ पुगेको छ भने १६ लाख ३ हजार ४ सय २८ जनामा संक्रमण पुष्टी भएको छ ।

Facebook Comments

हरेक खबर खास खबर