१७ मंसिर २०७८, शुक्रबार
गृह भारतमा सुदुरपश्चिमको एक परिवार नै कोरोना संक्रमित
भारतमा सुदुरपश्चिमको एक परिवार नै कोरोना संक्रमित

काठमाडौं । भारतको मुम्बइमा सुदुपश्चिमको उक पुरै परिवार नै कोरोना संक्रमित भएको छ । अछामको चौरपाटी गाउँपालिका वडा नं ५ लुग्रा घर भई हाल भारतको मुम्वईमा बसोबास गर्दै आएका चेतमान खड्काको परिवार कोरोना संक्रमित भएको हो । खड्काले सामाजिक सञ्जाल फेसबुक आफू,श्रीमति, भाई र भतिजा कोरोना भाईरसबाट संक्रमित भएको उल्लेख गरेका छन् ।

अहीले उनीहरु चारै जना अस्पतालमा उपचार गराइरहेका छन् भने ६ जना होम क्वारेन्टाईनमा बसीरहेका छन् । अहीले आफु सहीत सबैको अबस्था सामान्य रहेको उनले बताए । यस्तो अवस्थामा सबैजना घरभीत्र बस्न खड्काले अनुरोध गरेका छन् ।


Facebook Comments

हरेक खबर खास खबर