१८ मंसिर २०७८, शनिबार
गृह ट्रम्प भन्छन्ः कोरोनाको औषधी पत्ता लागिसक्यो
ट्रम्प भन्छन्ः कोरोनाको औषधी पत्ता लागिसक्यो

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरसको उपचारका लागि प्रभावकारी हुने औषधि पत्ता लागेको दावी गरेका छन् । ह्वाइट हाउसमा आयोजित नियमित पत्रकार सम्मेलनमा उनले औषधि उत्पादक कम्पनी फाइजरले कोरोना संक्रमण पुनः फैलिन नदिन प्रभावकारी हुने औषधि उत्पादन गरेको बताएका हुन् ।

औषधि मानिसमा परीक्षण हुन बाँकी रहेको र चाँडै परीक्षणको तयारी भएको जानकारी दिए । ट्रम्पले अहिले त्यसको फुड एण्ड ड्रग एड्मिनिस्ट्रेसन (एफडिए) ले परीक्षण गरिरहेको बताए । ट्रम्पले कोरोना भाइरसको उपचारमा मलेरिया विरुद्धको औषधि हाइड्रोक्सि क्लोरोक्वीन प्रभावकारी हुने भन्दै उक्त औषधि पठाउन भारतसँग आग्रह गर्दै आउका छन् ।


Facebook Comments

हरेक खबर खास खबर