१८ मंसिर २०७८, शनिबार
गृह खसीको मासु १८ सय प्रतिकिलो बेच्नेलाइ २ लाख रुपैयाँ जरिवाना
खसीको मासु १८ सय प्रतिकिलो बेच्नेलाइ २ लाख रुपैयाँ जरिवाना

काठमाडौँ । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजार मूल्यभन्दा बढीमा मासु विक्री गर्ने दुईवटा पसललाई दुई दुई लाख रुपैयाँ जरिवाना तिराएको छ ।विभागले आइतबार गरेको अनुगमनका क्रममा शंखमूलमा रहेको आइकालु मासु पसलले खसीको मासु प्रतिकेजीको १८ सयमा बिक्री गरेको थाहा पाइएपछि दुई लाख रुपैयाँ जरिवाना तिराएको हो । विभागले उपभोक्ता संरक्षण ऐन २०७५ को दफा १६ (२) (क) ३८ (ङ) को कसुरमा दफा ३९ (ख) बमोजिम अधिक मूल्य लिई बिक्री गर्ने पसललाई जरिवाना तिराएको हो ।

साथै विभागले कुखुराको मासुलाई प्रतिकेजी चार सय ५० मा बिक्री गरेको पाइएपछि विजयनगरमा भएको मुस्कान मासु पसललाई पनि दुई लाख रुपैयाँ जरिवाना गरेको छ ।त्यस्तै राहत सामग्रीमा म्याद नाघेको सामान प्याकिङ गरी बिक्री गरेको कसुरमा बाफल सीतापाइलामा रहेको न्यून बिके स्टोरलाई विभागले तीन लाख रुपैयाँ जरिवाना तिराएको छ । साथै कलंकीमा रहेको चितवन खाद्य स्टोरलाई पनि उपभोक्ताको हित विपरीत काम गरेको भन्दै विभागले दुई लाख जरिवाना तिराएको जनाएको छला।


Facebook Comments

हरेक खबर खास खबर