१७ मंसिर २०७८, शुक्रबार
गृह आजदेखि क्वारेन्टाइन अनुगमन तिब्र
आजदेखि क्वारेन्टाइन अनुगमन तिब्र

काठमाडौं । सरकारले आजदेखि देशभरका क्वारेन्टाइनको स्थलगत अवलोकन गर्ने भएको छ । स्थानीय तह तथा अन्य निकायमार्फत् व्यवस्थापन गरिएका क्वारेन्टिनको मापदण्ड डब्लु एचओको मापदण्ड अनुसार रहेनरहेको बारेमा स्थलगत अनुगमन, अवलोकन गरिने भएको हो । विदेशबाट आएका व्यक्तिहरू तथा शंकास्पद अन्य व्यक्तिहरूलाई कोरोना रोगबाट संक्रमण हुन नदिन सरकारले बनाएको क्वारेन्टाइन व्यवस्थापन तथा सञ्चालन कार्यविधि अनुसार मापदण्ड पूरा भए नभएको स्थलगत अनुगमन र आवश्यक सहजीकरण गर्न लागिएको हो ।

आज दिउँसो काठमाडौंको पशुपतिनाथ क्षेत्रमा सञ्चालित क्वारेन्टाइनबाट अवलोकन सुरू गरिने जनाएको छ । मन्त्रिपरिषद्को गत चैत १६ गते बसेको बैठकले सहरी विकास राज्यमन्त्री रामवीर मानन्धर र स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री नवराज रावतलाई अनुगमन र सहजीकरणको जिमा दिएको थियो । जस अनुसार हिजो सहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले उपत्यकाका १८ वटै नगरप्रमुख, तीन जिल्लाका प्रमुख जिल्ला अधिकारी तथा नेपाली सेनाका क्वारेन्टाइन व्यवस्थापनमा खटिएका पृतनापतिसँग छलफल गरेका थिए । छलफलमा मन्त्री मानन्धरले क्वारेन्टिन व्यवस्थापन तथा सञ्चालन मापदण्डबारे जानकारी गराउँदै अब सरकारले भोलिदेखि अनुगमनलाई तीव्रता दिन लागेको जानकारी गराएका थिए ।


Facebook Comments

हरेक खबर खास खबर