१७ मंसिर २०७८, शुक्रबार
गृह नयाँ बर्ष आइसक्यो, विद्युतको नयाँ दर निर्धारण भएन 
नयाँ बर्ष आइसक्यो, विद्युतको नयाँ दर निर्धारण भएन 

काठमाडौं । नयाँ वर्ष लागेसँगै निर्धारित भइसक्नुपर्ने विद्युत महसुलको नयाँ दर निर्धारण प्रक्रिया अन्योलमा परेको छ । बन्दाबन्दी घोषणा गरेका कारण नयाँ महसुल निर्धारणमा प्रक्रिया अन्योलामा परेको हो । विद्युत नियमन आयोगले यसका लागि आवश्यक प्रक्रिया अघि बढाइरहेका बेला बन्दाबन्दी घोषणाले निर्धारित सार्वजनिक सुनुवाइसमेत स्थगित भएको छ ।

आयोगले चैत १४, १५ र १७ गतेका लागि नेपाल विद्युत प्राधिकरणले पेस गरेको महसुल निर्धारण प्रस्तावमाथि सरोकारवाला राखेर सार्वजनिक सुनुवाइ गर्ने तयारी आयोगको थियो । बन्दाबन्दीको घोषणासँगै महसुल निर्धारणका काम रोकिएको आयोगका अध्यक्ष डिल्लीबहादुर सिंहले जानकारी दिएका छन् ।


बन्दाबन्दीसँगै नेपाल विद्यत् प्राधिकरणको व्यवसायसमेत अहिले खस्किएको छ । विद्युत खपतको उच्चतम खपत बिन्दु ९५० मेगावाट आवरमा सीमित भएको छ । उता सरकारले बन्दाबन्दी अवधिभरका लागि सबै ग्राहकलाई १५० युनिटसम्मको खपतमा २५ प्रतिशत छुट दिने घोषणा गरेको छ । त्यस्तै निर्माणाधीन जलविद्युत तथा प्रसारण लाइन पनि समयमै सम्पन्न हुन नसक्दा पनि वित्तीय अवस्था प्रभावित हुने देखिएको छ ।

Facebook Comments

हरेक खबर खास खबर